सिरहा । सरकारी अड्डाका लागि असार महिना भ्याइनभ्याइ हुन्छ । असारको सिमसिमे पानीमा कालोपत्रे, मुसलधारे वर्षामा नाली निर्माण काम हुन्छ, भइरहेको छ । बजेट फ्रिज हुनबाट जोगाउन हतारमा गरिने यस्ता काम दिगो हुन्छन् न त बजेटको सदुपयोग नै हुन्छ । ‘असारे विकास’ आर्थि अनियमितता गर्ने सजिलो माध्यम बनेको छ ।

असारे अनियमितताको नमुना काम अहिले सिरहा बजारमा हुँदैछ । बजारको हेमनारायण चोकदेखि पूर्व २ सय १४ मिटर र त्यसपछि जिल्ला प्रहरी कार्यालयसम्म २ सय ५० मिटर पक्की नाला निर्माणका लागि जिल्ला समन्वय समितिले कमला निर्माण सेवा गोद्धारसँग ठेक्का सम्झौताअनुसार सम्पन्न भइसक्नुपर्ने हो तर २ सय १४ मिटर नाला निर्माण सुरुसमेत भएको छैन ।

२ सय ५० मिटरको काम सुरु भए पनि लथालिंग छ । साइट इन्जिनियर गंगा यादवले भने, ‘नालाको काम लथालिंग छ ।’ शनिबारदेखि भइरहेको वर्षाले नालाका लागि खनिएको खाल्डोमा पानी भरिएको छ ।

वर्षा भइरहँदा पनि ठेकेदारका कामदारले हिलाम्य खाल्डोमा बालुवा र सिमेन्ट मिश्रित मसला छर्दै सम्याउँदै गरेका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments