काठमाडौं । बनस्थली नजिक ढुंगेधारामा डलर साट्ने भन्दै नगद ठगी गरिरहेको अवस्थामा संखुवासभा तामाखु–५ का २९ वर्षीय सुमन गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।

असार १ गते बनस्थली ढुङगेधारा नजिक संगीता खाजा घर संचालन गरी बस्ने धादिङ नलाङ–१ का ४७ वर्षीय हरि गुरुङलाई डलर साट्ने भन्दै खामबन्दी गरेको यूके १५ हजार पाउण्ड लेखेको पहेलो लेमिनेशन गरेको प्याकेट दिई तीन हजार रुपैयाँ ठगी गरी फरार गुुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।

ढुंगेधारामा काठमाडौं महानगरपालिका–१५ ऐराहिटी चोक बस्ने गोरखा गण्डकी गाउँपालिकाका ४७ वर्षीय विर्खबहादुर गुरुङलाई ५० हजार रुपैयाँ नगद लिई डलर साटने भन्दै डलरप्याक देखाउँदै गर्दा प्रहरीले पक्राउ गरेको हो ।

उनको साथबाट पाउण्ड डलर लेखेको पहेलो कागजमा लेमिनेशन गरेको प्याक २ थान, ब्रिटिश पेन्शनपट्टा लेखेको पहेलो लेमिनेशन गरेको प्याक १ थान, ब्रिटिश गोरखा पल्टन र सोनी क्यामरा लेखेको पहेलो लेमिनेशन गरेको प्याक १ थान र ब्रिटिस स्पोन्सर लेटर लेखेको कुरियर प्याक जस्तो देखिने पहेलो लेमिनेशन गरेको प्याक १ थान बरामद भएको प्रहरीले जनाएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments