मेलबर्न । गैर आवासीय नेपाली संघ अष्ट्रेलियाको आगामी निर्वाचनमा भिक्टोरियाबाट एससीसी सदस्यको लागि गान्धी प्रसाद भट्टराईले उम्मेद्वारी दिनुभएको छ ।हाल गुल्मेली समाज भिक्टोरियामा आबद्ध उहाँ कुनै प्यानल बिना स्वतन्त्र रुपमा उठ्नुभएको हो ।

प्यानलमा नभई नेपाली समुदायको एकता र समृद्धिको लागि काम गर्ने जोकोही व्यक्तिलाई समर्थन गर्छु भन्ने भट्टराईले आफ्ना एजेण्डाहरुबारे भन्नुभयो, ” मेरो मूख्य उद्देश्य त एनआरएनए आम सर्वसाधारण र विपन्न वर्गसम्म पुगोस् भन्ने हो । यसको साथै एनआरएनएलाई नेपाली समुदायका अरु संघसंस्थाहरुसंग मिलेर अगाडी बढोस् भन्ने चाहनाले त्यसको लागि आवश्यक पहल गर्नेछु । एनआरएनए सबैको साझा संस्थाहो भन्ने आम मानिसमा महसुस गराउनको लागि सदस्यता प्रक्रियालाई सामान्य बनाउनु आवश्यक छ र म यसको लागि जोड गर्नेछु ।”

यसको साथै उहाँले संस्थाले आफ्ना कार्यक्रम तथा सहयोगहरु अझ प्रभावकारी बनाउनको लागि समयमै निर्णय तथा कार्यान्वयन गर्ने परम्परा बसाल्नुपर्ने धारणा व्यक्त गर्दै यसको लागि आवश्यक पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments