काठमाडौं । सरकारले चीन सरकारसँग उद्योग दर्ता र बजारिकरण सम्बन्धि समझदारी गर्ने तयारी गरेको छ । विहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले नेपालको उत्पादनलाई चीनको बजारसम्म पहुँच पुर्याउने गरी नेपाल र चीनबीच उद्योग दर्ता र बजारीकरण सम्बन्धि समझदारी गर्ने अख्तियारी उद्योग सचिव शंकर प्रसाद कोइरालालाई दिने निर्णय गरेको छ ।

बैठकले नेपाल र अष्ट्रेलियाबीच दुई पक्षीय परामर्श संयन्त्र स्थापना गर्ने समझदारी पत्रमा हस्ताक्षर गर्ने अख्तियारी परराष्ट्र सचिव शंकरदास बैरागीलाई दिने निर्णय पनि गरेको छ । त्यसैगरी बैठकले न्यायपरिषदका सचिव नकुल सुवेदीलाई सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा बढुवा गरेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments