मेलबर्न। गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको जुलाई ८ मा हुने निर्वाचनमा भिक्टोरियाको सहसंयोजक पदको लागि डा. युगेन्द्र रेग्मीले उम्मेद्वारी दिनुभएको छ।

पी.एच.डी इन्जिनियर रेग्मीले वर्तमान भिक्टोरिया एससीसीले गरेका उत्कृष्ट कार्यहरुलाई निरन्तरता दिदैं आफूभित्र भएको अनुभव, सिप र ज्ञानलाई पूर्ण रुपले प्रयोग गर्ने लक्ष्य रहेको बताउनुभयो । साथै उहाँले संस्थालाई अझ उर्जाशील बनाउने प्रण गर्दै संस्था प्रतिको विश्वसनीयतालाई प्रगाढ बनाउने प्रतिबद्दताका साथ उम्मेद्वारी दिएको समेत बताउनुभयो ।

एजेन्डाहरुबारे राखेको जिज्ञासामा प्रस्ट पार्दै उहाँले भन्नुभयो, ” नेपाली समुदायलाई एकतामा बाँध्दै भिक्टोरियालाई हाम्रो हितमा विकास गरौँ भन्ने मेरो मूख्य एजेन्डा हो । त्यसको लागि न्याभ लगायतका नेपाली संघसंस्थाहरुसंग हातेमालो गर्ने, हाम्रो समुदायका बुद्धिजिवीहरुलाई एकै ठाउँमा ल्याई उहाँहरुको सल्लाह सुझाव अनुरुप कार्यक्रमहरु लैजाने, नेपाली मौलिक परिचयको सम्बर्द्धनको लागि विभिन्न कार्य्रक्रम ल्याउने, नारी निकुञ्जसंग मिलेर महिला वर्गका समस्याहरुलाई सम्बोधन तथा समाधान गर्ने, विद्यार्थीहरुलाई सहयोग आवश्यक पर्दा उनीहरुकै कोषबाट छिटो र प्रभावकारी रुपमा सहयोग गर्ने आदि कार्यको लागि मैले विशेष पहल गर्नेछु ।”

सम्पूर्ण उम्मेदवारहरुलाई शुभकामना दिंदै उहाँले समुदायको सामाजिक, सांस्कृतिक, आर्थिक, खेलकुद सबै पक्षलाई बलियो बनाएर समृद्ध नेपाली समुदाय निर्माण गरि नेपाललाई पनि टेवा पुर्याउन सबै हातेमालो गरेर अगाडी बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments