मेलबर्न । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले एनआरएन अवार्डकालागि उपर्युक्त व्यक्तित्व छनौट शुरु गरेको छ ।

आगामी जुलाई २२ तारिखमा हुने अवार्डमा सन् २०१५ देखि १७ सम्म उल्लेखनीय योगदान दिएका व्यक्तित्वहरुलाई पुरस्कृत गरिनेछ । आगामी जुलाई २२ तारिखमा ब्रिसबेनमा हुने आफ्नो अधिवेशनका अवसरमा यस्तो अवार्ड प्रदान गर्न लागिएको हो । एनआरएन अष्ट्रेलियाले हरेक दुई वर्षमा एनआरएन अवार्ड आयोजना गर्दै आएको छ । अवार्ड अन्तर्गत नेपाली समुदायको हक, हित प्रबद्र्धन गर्नका निम्ति कार्यरत रहेका, विभिन्न क्षेत्रमा उत्कृष्टता हासिल गरेका व्यक्तित्वहरुलाई सम्मान गर्ने गरिन्छ ।

यस पटक एनआरएन अष्ट्रेलियाले विभिन्न १२ विधामा अवार्ड दिने तयारी गरेको छ । जसमध्ये स्टुडेन्ट अफ द ईयर विद्यालयस्तरीय, स्टुडेन्ट अफ द ईयर विश्वविद्यालय स्तरीय, स्पोर्टस पर्सनालिटी अफ द ईयर १८ वर्षभन्दा माथि उमेर समूह, स्पोर्टस पर्सनालिटी अफ द ईयर १८ वर्षभन्दा मुनी, कल्चरल एम्बेसडर, एनआरएन अफ द ईयर, फ्रेण्डस अफ नेपाल, बिजनेस अन्ट्रप्रेनर, कम्युनिटी सर्भिस पर्सनालिटी, मेडिया पर्सनालिटी, स्टेट पर्सनालिटी, एनआरएनए प्रिमियर एवार्ड छन् ।

यसका लागि एनआरएन अष्ट्रेलियाको वेवसाइटमा रहेको यो लिंकमा क्लिक गरेर विभिन्न विधामध्ये कुनै विधामा उपयुक्त व्यक्तिलाई मनोनित गर्न चाहेको अवस्थामा सिफारिश गर्न सकिने व्यवस्था समेत मिलाइएको छ । आगामी बिहीबार १३ जुलाई राति १२ बजेसम्म आवेदन पठाउन सकिनेछ ।

Comments

comments