झापा । नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको गृहनगरमा एमाले विजयी भएको छ । भद्रपुर नगरपालिकाको मेयर, उपमेयर तथा अधिकांश वडामा एमाले विजयी भएको हो । नेपालकै पुरानो नगरमध्येको एक मानिने भद्रपुरको नगरपालिकाको मेयरमा एमालेका जीवनकुमार श्रेष्ठ ११ हजार ४२ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँ निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गणेश पोखरेललाई पाखा लाउँदै नगरप्रमुख बन्नु भएको हो । त्यस्तै उपमेयरमा पनि एमालेकै चन्द्रा श्रेष्ठ १० हजार ६ सय ५० मतसहित विजयी हुनु भएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments