काठमाडौं ।  प्रदेश सभा सदस्य निर्वाचनसम्बन्धी विधेयक तर्जुमा कार्य अन्तिम चरणमा पुगेको छ ।  सात प्रदेशमा ५ सय ५० सदस्यका लागि आगामी असोजको अन्तिम साता निर्वाचन गर्न निर्वाचन आयोगले प्रस्ताव गरेको छ। 

संविधानअनुसार प्रदेश सभा एक सदनात्मक हुनेछ । प्रतिनिधि सभाका लागि १ सय ६५ निर्वाचन क्षेत्र हुने संविधानमा व्यवस्था छ । प्रदेश सभामा प्रत्यक्षतर्फ प्रतिनिधि सभाको दोब्बर सदस्य हुने प्रावधान छ ।  संविधानअनुसार प्रदेश सभामा प्रत्यक्ष ३ सय ३० र समानुपातिकतर्फ २ सय २० सदस्यका लागि निर्वाचन हुनेछ ।

प्रदेशसभा निर्वाचनको विधेयकलाई अन्तिम रूप दिने क्रममा बुधबार आयोगका प्रमुख निर्वाचन आयुक्त डा। अयोधीप्रसाद यादवसहितको बैठक बसेको थियो । आयोगका कानुन सहसचिव सुशील कोइरालाले प्रदेश सभा सदस्य निर्वाचनसम्बन्धी विधेयक अन्तिम चरणमा पुगेको बताउनुभयो । आयोगले २०७३ फागुनमै मस्यौदा विधेयक गृह मन्त्रालयलाई पठाएको थियो । गृहले कानुन मन्त्रालयमा पठाएपछि विधयेक पुनः निर्वाचन आयोगमा आइपुगेको हो ।

आयोगका उपसचिव (कानुन) कृष्णराज खनालले बुधबार नै कानुन मन्त्रालयमा विधयेकबारे थप छलफल भएको र धेरै विषयहरू टुङ्गोमा पुग्न लागेको जानकारी दिनुभयो । बैठकमा गृह सचिव लोकदर्शन रेग्मी, कानुन सचिव कमलशाली घिमिरेलगायत सहभागिता थियो।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments