सुर्खेत । सुर्खेतको लेकबेंसी नगरपालिकास्थित साटाखानीमा पानी छोएको भन्दै दलित महिलामाथि कुटपिट भएको छ । गैरदलितको समुदायका व्यक्तिले धारामा कुटपिट गर्दा २७ वर्षीया टीकाकुमारी मिजार गम्भीर घाइते हुनुभएको छ।

साटाखानीस्थित गंगटे निवासी टीकाको वीरेन्द्रनगरमा रहेको मध्यपश्चिम क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ। रामजाली डाँडास्थित धारामा नुहाउँदै गर्दा टीकालाई गत सुक्रबार कुटपिट गरिएको आफनतले बताएका छन् ।  स्थानीय मनकुमारी राई र उहाँका छोरा मनबहादुर राईले टीकामाथि कुटपिट गर्दा टीकाको टाउको, छातीलगाएत भागमा चोट लागेको छ । बुधबार प्रहरीकहाँ उजुरी गर्न आएपछि बल्ल घटना सार्वजनिक भएको हो ।

कुटपिट पछि बेहोसा अवस्थामा टीकालाई आफन्तले स्थानीय मेडिकलमा पुर्याएका थिए । तर, नाक र मुखबाट रगत बग्नुको साथै होस पनि नखुलेपछि उहँँलाई थप उपचारका लागि क्षेत्रीय अस्पतालमा भर्ना गरिएको हो।

अस्पतालमा पुर्‍याएपछि मात्र टीकाको होस खुलेको थियो। आफूले धारामा नुहाउँदै गरेको र पानी भर्ने क्रममा गाग्री छोइदिएको भन्दै मनकुमारीका आमाछोरा मिलेर आफूमाथि कुटपिट गरेको पीडित टीकाले बताउनुभयो।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments