एजेन्सी । नेपालीलाई अन्तरिक्ष यात्राको तालिममा सहभागी हुने अवसर मिल्ने भएको छ । नेपाल एस्ट्रोनोमिकल सोसाईटी (नासो) ले ‘टेराज्त्रा स्पेस एक्सप्लोरेसन’ सँगको सहकार्यमा नेपालबाट तीनजनालाई यो अवसर प्रदान गर्न लागेको हो ।

कार्यक्रममा सहभागिताको लागि आवेदन खुला भैसकेको छ । ‘प्रोजेक्ट टेरानट’ को नि:शुल्क पूर्व आवेदनको म्याद साउन १६ गतेसम्म रहेको छ । सहभागी हुन इच्छुकले कार्यक्रमको अधिकारिक वेभसाइट terraztra.space मा गएर आफ्नो आवेदन दर्ता गर्न सक्नेछन् । प्रतियोगिताको आवेदन मोबाइल एपबाट असोज १८ गते खुला गरिनेछ । यस अन्तर्गत पूर्व आवेदन दिएका नेपाली नागरिकले एपमा उपलब्ध गराइने विभिन्न प्रतियोगितामा भाग लिनुपर्छ ।

यस प्रक्रियामा सहभागी भएमध्येबाट उत्कृष्ट ३ जनालाई रसियामा हुने अगामी फिफा वल्र्ड कप २०१८ को सेरोफेरोमा अन्तरिक्षयात्री तालिममा सहभागी हुने मौका प्रदान गरिने छ । साथै विश्वभरबाट सहभागी भएका ती प्रतियोगी मध्ये उत्कृष्ट प्रदर्शन गर्ने एकजनालाई अन्तरिक्षमा जाने मौका समेत दिइने छ । तस्बिर स्रोत:बिबिसी 

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments