मेलबर्न । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको आगामी कार्यकालको लागि जुलाई ८ मा निर्वाचन हुँदैछ। उक्त निर्वाचनमा भिक्टोरिया राज्यबाट सह -सचिव पदको लागि प्रेम प्रसाद कंडेलले उम्मेद्वारी दिनुभएको छ ।

एनआरएनएलाई सम्पूर्ण नेपाली समुदायले आफ्नो र गौरवशाली संगठनको रुपमा लिन सक्ने गराउन आफूले सक्दो पहल गर्ने बताउंदै कंडेलले भन्नुभयो, ” नेपाली कम्युनिटी सेन्टर निमा॔ण गन॔ पहल गने॔, नेपाली समूह, क्लब तथा संघ संस्थाहरु सङ्ग समन्वय र सहकाय॔ गने॔, एनआरएनए सदस्यतामा आवश्यक परिमार्जन गर्न पहल गर्ने, सामाजिक सद्भाव अभिवृद्धि गर्दै अष्ट्रेलियामा रहेका नेपालीहरुको आफ्नै मौलिक परिचयलाई सम्बर्द्धन गर्न कार्यक्रमहरु ल्याउने, विद्यार्थीहरुलाई सहयोगको लागि विभिन्न कार्यक्रमहरु ल्याउने तथा नेपालमा संयुक्त लगानी सम्बन्धि कार्यक्रम ल्याउन पहल गर्ने मेरो लक्ष्य रहेको छ ।”

यसको साथै उहाँले नेपाली भाषा, कला र संस्कृतिको जगेर्ना,पर्यटन प्रबर्द्धन लगायतका विविध क्षेत्रहरुमा अझ बढी सक्रीय भुमीका निर्वाह गरी आफ्नो सामाजिक कार्यलाई निरन्तर रुपमा अघि बढाइरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments