बेइजिङ । भारतले यदि आफ्ना कुरा नसुनेमा सिक्किममा देखिएको विवाद सुल्झाउनका लागि जनमुक्ति सेना उतार्ने तयारी चीनले गरेको छ ।

चीन र भारतबीच जारी विवादमा चीनका अधिकारी, सञ्चारमाध्यम र र विज्ञहरूले मंगलवार यो कुरा बताएका हुन् । उनीहरूले भनेका छन्, ‘यदि विवादलार्इ सही तरिकाबाट समाधान गरिँदैन भने युद्ध हुन सक्छ ।’

चीनले भारतीय सुरक्षाकर्मीमाथि उनीहरू चिनियाँ भूमिममा छिरेको आरोप लगाएको छ । सिक्किम क्षेत्रस्थित डोकलाम इलाकामा दुवै देशबीच लगातार तेस्रो हप्ता पनि तनाव जारी रहेको छ ।

शंघाई सोशल साइन्स एकाडमीका रिसर्च फैलो हु झियोङ्गले चीनको सरकारी समाचार पत्र ग्लोबल टाइम्ससँग भने, ‘सन् १९६२ मा भएको युद्धको हार भारतले सम्झियोस् । चीनको पुरा कोशिश शान्तिपूर्णरूपमा समस्याको समाधान खोज्नु रहेको छ। यदि भारतले हाम्रो कुरा सुन्न इन्कार गरिदियो भने चीनसामू सेनाको प्रयोग गर्नेका अलावा अन्य विकल्प हुनेछैन ।’

‘भारत चीनलार्इ भड्काउने कोशिश गरिरहेको छ । भारतले मोदी अमेरिकामा भएको अवस्थामा भारत चीनलार्इ रोक्न सक्ने क्षमता राख्छ भन्ने सन्देश दिन चाहन्थे’, उनले भनेका छन्, ‘ओबामाले भारतलार्इ नजिकको साथी मानेर धेरै कुरा भन्थे । तर ट्रम्प एकदमै व्यवहारिक छन् । उनी भारतलार्इ नजिकको साथीका रूपमा ठाउँ दिन चाहँदैनन् किनकि बेइजिङको सामना गर्नका लागि नयाँ दिल्ली धेरै कम्जोर छ ।’

सैन्य विशेषज्ञ सोङ्ग झोङ्गपिङ्गले भनेका छन्, ‘भारत सदैव चीनलार्इ आफ्नो सबैभन्दा ठुलो दुष्मनको व्यवहार गर्छ । तर चीन भारतको बारेमा यस्तो सोच्दैन । जसरी भारत चीनविरूद्ध जथाभावी बोल्दै हिँड्छ ।’

‘चीनले दिएको युद्धको धम्कीलार्इ  भारतले हाँसोको विषय बनाइरहेको छ । अघिल्लो शुक्रवार भारतका एक मन्त्री अरुण जेट्लीले २०१७ को भारत  १९६२ को भारत भन्दा धेरै अलग रहेको बताए । भारत र चीनको सैन्य क्षमताबीच अन्तर १९६२ देखि अहिलेसम्म धेरै देखिइसकेको छ। हामीलार्इ विश्वास छ, भारतले आफ्नो हितका लागि शान्ति बनाइ राख्नेछ ।’

चीनले सोमवार भारतसँग आफ्नो टेरिटोरियल सोभेरिनिटी (क्षेत्रीय सम्प्रभुता) बचाइराख्नका लागि हर जरूरी कदम उठाइनेछ। चीनको विदेश मन्त्रालयले त्यस भनाइको जवाफ पनि दिएको छ । त्यसबेला भारतीय मन्त्री जेट्लीले भनेका थिए, ‘२०१७ को भारत १९६२ को भारत भन्दा धेरै अलग छ ।’ फेरि चीनको विदेशमन्त्रीले भनेका थिए, ‘यदि भारतले हामीलार्इ शक्ति देखाउन खोजेको हो भने २०१७ को चीन १९६२ को चीन भन्दा धेरै फरक रहेको कुरा पनि भारतले बुझोस ।’

चीनको विदेश मन्त्रालयले अगाडि भनेको छ, ‘हामी भारत सन् १९८० मा भएको सम्झौताको सम्मान गर्न चीनको इलाकामा पसेका भारतीय सेनालार्इ आफ्नो सीमामा फिर्ता बोलाइदेआओस्।’

चीनले सिक्किमको डोकलाम इलाकामा गैरकानुनी रूपमा प्रवेशका लागि भारतले भुटानको प्रयोग गरिरहेको आरोप पनि लगाएको छ । भारत र भुटानको सम्बन्धमा कुनै समस्या छैन । तर चीनले भुटानको हवाला दिँदै भारतीय फौज चीनको सीमामा पसेर बसेको दावी भारतीय पक्षको छ ।

चीनका विदेश मन्त्रीले भनेका छन्,’पूर्व भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूले सन् १९५९ मा चीनका पूर्व प्रधानमन्त्री झोऊ एनलाईलार्इ एउटा पत्र लेखेर सन् १८९० को सिनो-ब्रिटिश ट्रिटीमा सहमति जनाएका थिए । अहिलेको सरकारले पनि यस सम्झौताको सम्मान गरोस् । सिक्किम क्षेत्रमा भारतीय सेनाको गतिविधि यस सम्झौताको उलंघन हो ।’

चीनले सिक्किम क्षेत्रको डोकलाममा भारतीय फौजको घुसपैठको आरोप लगाएको छ । चीन डोकलामलार्इ आफ्नो देशको भूगोल मान्छ । यसका अलावा भुटानको क्षेत्रको केही भूभागमा पनि चीनले दावी गर्दै आएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments