मेलबर्न । गैरआवासिय नेपाली संघ (एनआरएनए ) अष्ट्रेलियाको आसन्न निर्वाचनमा एनसीसी सदस्यको लागि भिक्टोरियाबाट रमेश छत्कुलीले उम्मेद्वारी दिनुभएको छ ।

एनआरएनअष्ट्रेलियाको सदस्यता प्रणालीमा व्यापक सुधार गर्दै अष्ट्रेलियावासी सम्पूर्ण ग़ैर-आवासीय नेपालीहरु र नेपाली संस्थाहरुलाई संगठनको छातामुनि गोलबन्द गर्न पहल गर्ने मूख्य उद्देश्यका साथ उम्मेद्वारी दिएको छत्कुलीले बताउनुभयो ।

आफ्ना एजेन्डाहरुको बारेमा बोल्दै उहाँले भन्नुभयो,” एनआरएनएको सदस्यता र निर्वाचन प्रणालीमा आमूल परिवर्तन गर्दै अझ विश्वासिलो तथा सहभागितामुलक संगठन निर्माणको लागि पहल गर्ने, अष्ट्रेलियामा कार्यरत नेपाली पेशाकर्मीहरुको ग़ैरआवासिय नेपाली संघमा बढि भन्दा बढि सहभागिताको लागि विशेष पहल गर्ने मेरो योजना रहेको छ ।”

यसको साथै उहाँले नेपालबाट बसाई सरेर आएका नयाँ नेपाली पेशाकर्मीहरुलाई अष्ट्रेलियाको पेशागत बजारमा स्थापित गराउन योजनाहरु बनाउन पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments