काठमाडौं । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सम्पन्न भएको एशियन प्रिमियर लिग आयोजना गर्न अनुमति दिएकोबारे सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ ।

सर्वोच्च अदालतले प्रतियोगिता आयोजना गर्न दिएकोबारे राष्ट्रिय खेलकुद परिषद (राखेप)का नाममा कारण देखाउ आदेश जारी गरेको हो ।

त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा मंगलबारसम्म जारी रहेको तथाकथित एसियन प्रिमियर लिग प्रतियोगिता गलत नियतले  र खेल भावना विपरित खेलाइएको भन्दै जनता टेलिभिजन र जनतासमाचार डटकमले समाचार प्रसारण गरेको थियो ।

उक्त समाचारलाई आधार मानी खेल मिलेमतोका लागि नेपालको मैदान प्रयोग गरेर प्रतियोगिता गरिएको भन्दै अधिवक्तात्रय विकास भट्टराई, शिवजी भण्डारी र मनिषकुमार श्रेष्ठले सर्वोच्च आदालतमा रिट दायर गर्नु भएको थियो ।

रिटमाथि सुनवाई गर्दै सर्वोच्च अदालतका न्यायाधिश ओमकुमार मिश्रको एकले इजलाशले खेलकुद परिषदलाई के कति कारणले खेल खेलाउन अनुमति दिइएको हो भन्दै कारण देखाउन आदेश दिएको हो ।

अधिबक्ताहरुले गृहमन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र राखेपलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दर्ता गर्नुभएको हो ।

खेल मिलेमतोमा लागेको आशंका गरिएका आयोजक मध्येका केही नेपाल छोडी भागी सेकेका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments