काठमाडौं । काठमाडौं महानगरपालिका–३२ जडिवुटीस्थित असिम प्रधानको ड्रिम्सवोल्ड हेल्मेट स्टिकर हाउसबाट चोरी गरेका सामानसहित एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काभ्रे चौरीदेउराली गाउँपालिका–२ का १८ वर्षीय राजन प्रधानलाई काभ्रे, बनेपा नगरपालिका–१ स्थित उनकै कोठाबाट प्रहरीले पक्राउ गरेको हो ।

उक्त हाउसमा सोमबार कोही नभएको अबस्थामा ढोका फोडेर ६६ थान हेल्मेट, मोटरसाइकलमा प्रयोग हुने ८ थान टायर, २४ थान ट्युवलेस लिकुइट चोरी भएको भएको थियो ।

प्रहरीले प्रधानको कोठामा लुकाई छिपाई रहेको अवस्थामा फेला पारी चोरीका सामानसहित उनलाई नियन्त्रणमा लिएको जनाएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments