काठमाडौं । व्यवस्थापिका–संसद विकास समितिको बैठकले रातिको समयमा मुग्लीन–नारायणगढ सडक खण्डको सवारी आवगमनलाई रातीकाे समयमा रोक्न निर्देशन दिएको छ ।

उक्त सडक खण्डमा थप सडक सुरक्षाको प्रवर्धन गर्न, वर्षायामसम्म (करिव डेढ महिना) रातिको समयमा सवारी आवागमनलाई निषेध गर्न, वैकल्पिक मार्गको प्रयोग गर्न, संम्भव भएसम्म राति सडक विस्तारको कार्य गर्न तथा जोखिमयुक्त वस्तिहरुलाई स्थानान्तरण गर्न समितिले निर्देशन दिएको छ ।

बैंठकपछि समितिका सभापति रविन्द्र अधिकारीले तत्काल बैकल्पिक व्यवस्थापन गर्न सरकार, गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएका छन् ।

मुग्लिन–नारायणगढ सडक स्तरोन्नत्तिको क्रममा बन्ने पुलहरुको टेन्डर लगायतको प्रक्रियाहरु सम्पन्न भए लगत्तै निर्माण कार्य थाल्न, सडक विस्तार गर्न आवश्यक पर्ने डाईभर्सनका लागि बेलिब्रिजको समयमा नै व्यवस्थापन गर्न आग्रह गरेका छन् ।

मुग्लिन-नारायणगड सडक खण्डमा दायांँतर्फबाट सडक बिस्तारको कार्य गर्न,  भौगोलिक अवस्थिति अनुसार राजमार्गहरुको डिजाइनिङ गर्न मन्त्रालय र सडक विभागलाई निर्देशन गरेको छ ।

तसर्थ पहिरो एवं बाढीबाट हुन सक्ने सम्भावित परिणामलाई पूर्वानुमान गरी प्रभावकारी कार्य सम्पादन गर्न गराउन समिति भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय एवं सम्बन्धित निकायलाई निर्देशन समेत गरेका छन् ।

छलफलमा उपत्यका भित्रका सडकहरुलाई तत्काल स्त्तरोन्नति गर्न, मापदण्ड अनुसार सडकको चौडाई तत्काल विस्तार गर्न, आगामी दिनमा बिजुलीका तारहरुलाई युटिलिटि टनेल अन्तर्गत अन्डरग्राउन्ड गर्न निर्देशन दिएको छ ।

सडकहरुलाई तीन महिनाभित्र दुरुस्त अवस्थामा राखिसक्ने व्यवस्था मिलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उपत्यका विकास प्राधिकरण, सडक विभाग, काठमाडौँ महानगरपालिकालाई र नेपाल विद्युत प्राधिकरणलाई समितिले निर्देशन दिइएको छ ।

त्रिपुरेश्वर–कलंकी–नागढुङ्गा सडक खण्डमा अत्याधिक सवारी चाप रहेकोले सडक विस्तार अनिवार्य रहेको भन्दै उक्त सडक खण्ड विस्तारका लागि घर जग्गाको मुआब्जामा समस्या, नगर विकास मापदण्ड अनुसारको विस्तारमा रहेको समस्या देखिएको छ ।

मुग्लिन–नारायणगढ सडक खण्ड सम्झौता अनुसार यसै वर्षको अप्रिल महिनाभित्रै निर्माण सम्पन्न गरि हस्तान्तरण गरिसक्नु पर्ने हो । तर हालसम्म ५० प्रतिशत मात्रै कार्य सम्पन्न भएको छ । समयमा नै निर्माण हुन नसकेकाले सडक विस्तारको कार्यलाई द्रुत गतिमा अघि बढाएर सन् २०१७ भित्रै सम्पन्न गर्न सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागलाई निर्देशन दिएको छ ।

मुग्लिन–नारायणगढ सडक खण्डमा नियमित जस्तो आइरहेको पहिरोका कारण जनधनको क्षति भएको उल्लेख गर्दैै सवारी आवागमनमा असहज स्थिति सृजना भएको छ जनाएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments