काठमाडौं । स्थानीय तह दोस्रो चरणको निर्वाचन अन्तर्गत मंगलबार बिहानसम्म २७९ स्थानीय तहको नतिजा आएको छ । अब मात्र ५५ स्थानीय तहको नतिजा आउन बाँकी रहेको छ ।

गत असार १४ गते प्रदेश नम्बर १,५ र ७ का ३३४ स्थानीय तहमा दोस्रो चरणको निर्वाचन भएको थियो ।

मंगलबार बिहान ९ बजेसम्मको नतिजा अनुसार नेकपा एमाले शीर्ष स्थानमा रहेको छ । एमालेले घोराही उपमहानगरपालिका सहित १२१ स्थानीय तह जितिसकेको छ भने कांग्रेसले १०६ स्थानीय तह जितेको छ।

यस्तै नेकपा माओवादी केन्द्रले ३५ स्थानीय तह जित्दा संघीय समाजवादी फोरम र फोरम लोकतान्त्रिकले क्रमशः ६ र ५ स्थानीय तह जितेका छन् ।

यसैगरी राप्रपाले ३ , जनमोर्चाले २ र स्वतन्त्रले १ स्थानीय तह जितेका छन् ।

Comments

comments