मेलबर्न । अष्ट्रेलियामा रहेका नेपालीहरुले यो वर्षको तीज प्रसिद्ध नेपाली कलाकारहरुको साथमा मनाउन पाउने भएका छन् । नेपलिज स्क्वाड इन्टरटेनमेन्टले अष्ट्रेलियाको सिड्नीमा तीज मेला २०१७ को आयोजना गरेर यस्तो अवसर प्रदान गर्न लागेको हो ।

तीज मेलामा प्रसिद्ध नेपाली गायक गायिकाहरु पशुपति शर्मा, खुमन अधिकारि, रमिला न्यौपाने, देवी घर्ति र नायिका वर्षा रावतको प्रस्तुति रहनेछ। आयोजकका अनुसार मेलामा रोटेपिङ्ग, बालबालिकाहरुको लागि विभिन्न राइडहरु, खानाका स्टल साथै अरु व्यवसायिक स्टलहरु समेत राखिनेछ ।

आगामी जुलाई १६ ,आइतबारका दिन हुने मेलामा नि:शुल्क प्रवेशको व्यवस्था गरिएको छ । आयोजकले सम्पूर्ण नेपालीहरुलाई परिवारसहित उपस्थित भई बिहान ११ बजे देखि बेलुका ६ बजेसम्म चल्ने मेलाको मज्जा लिन अनुरोध गरेका छन् । तीज मेला सिड्नीको दक्षिण रक्डेल स्थित बाइसेन्टिनियल पार्कमा हुनेछ ।

नेपलिज स्क्वाड इन्टरटेनमेन्टले नेपाली कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ हरेक वर्ष तीज मेला तथा होली मेलाको आयोजना गर्दै आएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments