बाँके । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारको तर्फबाट पहिलो मेयरको रुपमा नेपालगञ्ज उपमहागरपालिकामा धवलशम्शेर राणा विजयी हुनुभएको छ ।
राप्रपाले यस अघि कुनै पनि उपमहानगरपालिका र नगरपालिकामा विजयी भएको थिएन । राणाले पहिलापनि यस नगरपालिकामा मेयर भएर जिम्मेवारी सम्हालनु भएको थियो ।

राणा १२ हजार ५ सय १५ मतसहित विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रसेका डा. सुरेशकुमार कनौडिया ८ हजार ७ सय ३० मत प्राप्त गर्नु भएको थियो ।

उपमेयरमा भने नेपाली कांग्रेसकी उमा थापमगर विजयी हुनु भएको छ । थापा दश हजार ७ सय ३१ मतसहित विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिस्पर्धी राप्रपाकी रमारानी वैश्यले ८ हजार ९ सय २४ मत प्राप्त गर्नुभएका छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments