आरुघाट बाट घ्याम्पेसाल हुदै गोरखा  सदरमुकाम जादै गरेको ना ४ ख १३९५ नम्बरको यात्रुबाहक बस घ्याम्पेसाल – खान्चोक भञ्ज्याङ् सडकखण्डमा  दुर्घटना हुँदा ३  जनाको घटनास्थलमा नै मृत्यु भएको  स्थानीयले जानकारी दिएका  छन्  | अन्य ४० जना  घाइतेको अवस्था गम्भीर रहेको समाचार प्राप्त भएको छ | थप एक जनाको  उद्धारको  क्रममा  ज्यान गएको भनिए पनि पुष्टि हुन सकेको छैन | घटनास्थलमा उद्धार कार्य जारी छ | घटना स्थल स्थानीय घ्याम्पेशल बजारबाट २ किमीको दुरीमा पर्छ  | घटनाबारे थप विवरण प्राप्त भएको छैन |

Please follow and like us:

Comments