भक्तपुर । सुनसरीको धरानबाट आएकी रस्मिला श्रेष्ठ स्तन क्यान्सरको आशंकामा परीक्षण गर्न भक्तपुर क्यान्सर अस्पताल आउनुभएको महिना दिन हुन लाग्यो । प्रारम्भिक जाँचबाट उहाँलाई स्तन क्यान्सर भएको प्रमाणित भएको छ ।

अस्पतालका चिकित्सकले थप उपचारका लागि उहाँलाई भर्ना हुन सुझाव दिएका छन् । तर, रस्मिलाले भर्ना हुन शय्या पाइरहनुभएको छैन । जसले गर्दा लजमा भाडामा बसेर अस्पतालको फलोअपमा आइरहनुभएको छ ।

अस्पतालमा भर्ना हुन नपाउँदा नियमित उपाचारमा ढिलाइ भइरहेको उहाँको गुनासो थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Please follow and like us:

Comments