मेलबर्न । अष्ट्रेलियाका प्रधानमन्त्री मल्कोल्म टर्नबुलले आफू आगामी निर्वाचनमा पराजित भएमा राजनीति नै छोड्ने बताएका छन् ।

प्रधानमन्त्रीमा निर्वाचित भएको वार्षिकउत्सवको अवसरमा उनले यस्तो कुरा सार्वजनिक गरेका हुन् ।

टर्नबुलले आफूले कहिल्यै पनि व्यक्तिगत वा पार्टीगत स्वार्थ नहेरेर अष्ट्रेलियावासी सम्पूर्णको लागि काम गरेको बताएका छन् ।

उनले आफ्नो सरकारले परिवर्तन गरेका नीति तथा सुरक्षा व्यवस्था अष्ट्रेलियाको हीतको लागि गरेको भन्दै यसलाई जनताले समेत मन पराएको दाबी गरेका छन् ।

यसको साथै राजनीति छोड्ने धारणा कसैको लागि सुझाव नभई आफ्नो सोंचाई मात्र सार्वजनिक गरेको समेत उनले प्रष्ट पारेका छन् । स्रोत 

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments