एजेन्सी । भारतको पश्चिम प्रदेश गुजरातमा एकजना ३२ वर्षीया महिलाले जंगलको बाटोमा करिब एक दर्जन सिंहले घेरिएको एम्बुलेन्सभित्र बच्चा जन्माएकी छिन् ।

सो घटना शुक्रबार बिहान सबेरै भएको हो । मन्गुबेन मक्वाना नाम गरेकी लुनासापुर गाउँनिवासी ती महिलालाई अचानक प्रस्रव बेथा लागेपछि उनका एक आफन्तले जाफाराबादनजिकै रहेको सरकारी अस्पताल एम्बुलेन्समार्फत लागिरहेका थिए ।

अस्पताल लग्ने क्रममा अम्रेली जिल्लामा रहेको घना जंगल गिरमा पुग्दा प्रस्रव बेथाले छटपटाएकी मन्गुबेनको अवस्था नाजुक भएपछि बच्चा जन्माउन जंगल मै एम्बुलेन्स रोकिएको थियो । एम्बुलेन्समा रहेका आकस्मिक कर्मचारीको सहयोगमा उनले बच्चा जन्माइन् ।

एम्बुलेन्सभित्र बच्चा जन्माएका बेला १२ वटा सिंहको समूहले एम्बुलेन्स घेरेको थियो । सिंहले झण्डै साढे एक घन्टा एम्बुलेन्सलाई घेरेको बताइन्छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments