काठमाडौं । काठमाडौं उपत्यकाको एक तिहाई भन्दा बढी स्थानमा विद्युत् सेवा अवरुद्ध हुने गरी धादिङमा भाँसिएको नेपाल विद्युत् प्राधिकरणको प्रसारण प्रणाली पुनः निर्माण गरिएको छ ।

प्राधिकरणकाअनुसार मस्र्याङ्दी–काठमाडौं १३२ केभी प्रसारण लाइनको टावर नं १७९ गोरखा भूकम्पको क्रममा भाँसिएको थियो । धादिङको नौबिसे र गजुरीको बीचमा पर्ने टावर पुनः निर्माणका लागि ९२ दिन लागेको छ ।

सिग्मा कोन प्रालिले टावरको मर्मत गरेको हो । मर्मतका लागि दुई करोड ७० लाख रुपैयाँ खर्च भएको छ । प्राधिकरणले १७८ र १८० नम्बरको नयाँ टावर निर्माण गरेको छ ।

प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले विभिन्नस्तरका पर्खाल लगाउने तथा अन्य सुरक्षात्मक उपाय अपनाएर टावरको सुरक्षा गरिएपनि दिगो रुपमा नयाँ टावर नै राख्न विगत दुई दिनदेखि विद्युत् कटौती गरेर पुनः निर्माण गरिएको जानकारी दिनुभयो ।

प्रसारण लाइनले मस्र्याङ्दी कोरिडोरबाट ११० मेगावाट विद्युत् आपूर्ति गर्दै आएको छ । काठमाडौं उपत्यकाको अधिकतम विद्युत् माग ३१० मेगावाट रहेको छ । त्योमध्ये मस्र्याङ्दी कोरिडोरबाट एक तिहाई विद्युत् काठमाडौं आपूर्ति हुँदै आएको छ ।

हिउँदको समयमा सो टावरको पुनः निर्माण गर्नेतर्फ लाग्दा विद्युत्भार कटौती गर्नुपर्ने भएकाले बर्खाको समय नै छानिएको प्राधिकरणको भनाइ छ । विगतमा प्राधिरकणको व्यवस्थापनले ध्यान नदिएको उक्त टावर मर्मतमा थप ढिलाई गरिएको भए उपत्यकामा दैनिक सात घन्टा विद्युत्भार कटौती गर्नुपर्ने भयावह अवस्था आउने थियो ।

प्राधिकरणका प्रवक्ता अधिकारीले ग्राहकलाई जानकारी नै नदिइकन प्राधिकरणले मर्मत कार्य सम्पन्न गरेकाले विद्युत् आयातमा रहेको जोखिम समाधान भएको बताउनुभयो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments