काठमाडौँ । गुल्मीको रेसुंगा नगरपालिकामा नेपाली कांग्रेसको गढ भत्काउन सफल भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा त्यहाँ जाने भएका छन् ।

उनी आइतवार दिउँसो विजय सभालार्इ सम्बोधन गर्न गुल्मीको सदरमुकाम तम्घास जाँदैछन् ।  ओलीसँगै एमालेका सचिव प्रदीप ज्ञवाली र गोकर्ण विष्ट पनि तम्घास जाँदैछन्।  रेसुंगा नगरपालिकामा एमालेका उम्मेदवार डिल्लीराज भुसाल मेयर पदमा विजयी भएका छन् ।

कांग्रेसका उम्मेदवार भुवनप्रसाद श्रेष्ठलाई १७७ मतअन्तरले हराउँदै एमाले उम्मेदवार डिल्लीराज भुसालले बाजी मारेका हुन् ।

भुसालले ६ हजार ३८१ मत ल्याउँदै विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका श्रेष्ठले ६ हजार २०४ मत मात्रै पाएका छन् ।

उपमेयरमा पनि एमालेकै सीता भण्डारी ६ हजार २१३ मत ल्याएर विजयी भएकी थिइन् । उनकी निकटतम प्रतिस्पर्धी कांग्रेसकी उम्मेदवार अमृतादेवी कुँवरले ६ हजार १७९ मत ल्याइन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments