मेलबर्न । अष्ट्रेलियामा बसाईसरि आएका नेपालीको कथावस्तुमा आधारित ‘गुरुबा इन अष्ट्रेलिया’ युट्युबमा सार्वजनिक भएको छ ।

नितेश राज पन्तको कथा तथा निर्देशन रहेको यो चलचित्रको निर्माण डा. शमशेर सिंह थापा र प्रदीप ढकालले गरेका हुन् । यसमा मूख्य कलाकारको रुपमा कलाकार सन्तोष पन्तलाई देख्न सकिन्छ।

यो चलचित्र २००६ मा निर्माण गरिएको थियो भने अष्ट्रेलिया तथा नेपालमा प्रदर्शन गरिएको थियो।

Comments

comments