मेलबर्न । अष्ट्रेलियाको तासमानिया टापुमा नेपाली भाषा दोस्रो ठूलो भाषा बनेको छ । तासमानिया टापुको ताजा जनगणनाले नेपाली भाषालाई अंग्रेजी पछि दोस्रो स्थानमा देखाएको हो।

साउथ एशिया डट कम डट एयुले जनाए अनुसार यहाँ हाल नेपाली भाषा बोल्नेहरु ०.३ प्रतिशत पुगेका छन् । नेपाली पछि यहाँ चिनियाँ भाषा बोल्नेहरु छन्।

अष्ट्रेलियामा नेपाली विद्यार्थी तथा पिआर होल्डरहरुको संख्या विगत केही वर्ष यता बढ्दो छ। त्यसैक्रममा विद्यार्थीहरु सिधै तासमनिया विश्वविद्यालय जाने तथा अष्ट्रेलिया पुगेरै सो ठाउँमा बसाइँ सर्ने प्रवृत्तिका कारण नेपाली जनसंख्या बढेको हो।

त्यस्तै झापा र मोरङबाट आएका भुटानी शरणार्थीहरुको पनि मातृभाषा नेपाली हुँदा नेपाली बोल्नेहरुको संख्या बढेको हो।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments