भोजपुर । भोजपुरको दक्षिणी आमचोक गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । एमालेका पोलिटब्युरो सदस्य तथा पूर्व सञ्चार मन्त्री शेरधन राईको गाउँपालिकामा माओवादी केन्द्रले प्रमुख-उपप्रमुख दुवै जितेको हो ।

यो गाउँपालिकामा माओवादी केन्द्रका अशोक राई ३०८१ मत ल्याएर अध्यक्षमा विजयी भए । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका बहादुर राईले २६५५ मत ल्याउन सफल भएका छन् ।

त्यस्तै उपप्रमुखमा पनि माओवादी केन्द्रले बाजी मारेको छ ।  माओवादी केन्द्रकी सीता राईले ३०५८ मत ल्याउँदै विजयी भइन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments