नेपालगन्ज । संघीय समाजवादी फोरम नेपालले यो पटकको स्थानीय तह निर्वाचनमा खाता खोल्न सफल भएको छ ।

बाँकेको नरैनापुर गाउँपालिकामा संघीय समाजवादी फोरम प्रमुख उपप्रमुखसहित ३ वडामा विजयी भएको छ । ६ वडाको यो गाउँपालिकामा १२ हजार १ सय ८८ मत झरेको थियो ।

यहाँको गाउँपालिका प्रमुखका  संघीय समाजबादी फोरमका उम्मेदवार शम्भु मियाँ ‘ईस्तियाक अहमद शाह’ ४०८० मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवारले ३१८८ मत पाए ।

पप्रमुखमा पनि फोरमकै जयन्ती देबी श्रीबास्तवले ३०४४ मत ल्याउँदै विजयी भइन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवारले २५९८ ल्याएका छन् ।

नरैनापुरका वडा नं. १, २ र ४ मा संघीय समाजवादी फोरमका उम्मेदवार विजयी भए । वडा नं. ३, ५ र ६ मा नेपाली कांग्रेसका उम्मेदवारले जितेका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments