काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले मन्त्रिपरिषद्को निर्णयविपरीत ऊर्जामन्त्रीले बूढीगण्डकी जलविद्युत् आयोजनाको सम्झौता गर्नु भ्रष्टाचारजन्य कार्य भएको बताउनुभएको छ ।

उहाँले मन्त्रिपरिषद्ले बूढीगण्डकीसित सम्झौता गर भनी निर्णय गर्न नगरेको बरु इन्जिनियरिङ प्रोक्योरमेन्ट कन्ट्रयाक्ट एन्ड फाइनान्सिङ (इपीसी–एफ) सम्बन्धी नीति र कार्यविधि बनाऊ भनेर निर्देशित गरेको अवस्थामा ऊर्जामन्त्रीले कार्यादेशविपरीत सम्झौता गरी कानुन मिचेकाले भ्रष्टाचारजन्य कार्यभित्र रहेको बताउनुभयो ।

संसदेको कृषि तथा लेखा समितिको शुक्रबारको बैठकमा विज्ञका रुपमा आमन्त्रित पूर्वप्रमुख आयुक्त उपाध्यायले भन्नुभयो, ‘कानुनबमोजिम ठीक नभएका कार्य भ्रष्टाचारजन्य कार्यअन्तर्गत पर्छन्, बूढीगण्डकीमा उर्जामन्त्रीले कानुनविपरीत काम गर्नुभएको छ ।’

उपाध्यायले विद्युत् ऐनको दफा ३५ बमोजिम कुनै पनि कम्पनीसित करार गर्नका लागि पहिलो मन्त्रिपरिषद्बाट निर्णय हुनुपर्ने बताउनुभयो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments