काठमाडौं । हास्यकलाकार कुञ्जना घिमिरे ‘सुन्तली’ले मुसहर बस्तीका बालबालिकासँग आफ्नो जन्मदिन मनाएकी छिन् ।

महोत्तरी बर्दिबासमा रहेका मुसहर बालबालिकालाई टिफिन बक्स वितरण गरेर जन्मदिन मनाएकी हुन् । मुसहर बालबालिकाले सम्मान र शुभेच्छासहित कुञ्जनाको जन्मदिनलाई विशेष बनाइदिएका छन् ।

उनीहरुले गरेको सम्मानले आफुलाई भावुक बनाएको कुञ्जना घिमिरेले बताइन् । मुसहर बस्तीका बालबालिकामा आएको परिर्वतन देखेर आफुहरु भावुक बनेको उनको भनाई छ । ‘जुन परिर्वतनको अपेक्षा गरेका थियौँ, त्यो देख्न पाउँदाको आनन्द शब्दमा व्यक्त गर्न सकिरहेको छैन्’, कुञ्जनाले भनिन् ।

‘मुसहर बालबालिका नियमित पढ्न थालेका छन्, तर उनीहरुलाई घरबाट खाजा लैजानका लागि समस्या छ । त्यसैले जन्म दिनमा हुने खर्चले टिफिन बक्ससँगै केहि शैक्षिक सामग्री किनेर दिएँ, उनीहरुसँगै रमाईलो गरेर जन्म दिन मनाएँ’ सुन्तलीले भनिन् ।

सरसफाई अभियानका क्रममा मुसहर बस्ती पुगेका धुर्मुस सुन्तलीले गएको वैशाखमा ५३ परिवार मुसहरहरुका लागि एकिकृत बस्ती हस्तारण गरेका थिए । बालविवाह, अशिक्षा, गरिबीलगायतका समस्याबाट पिल्सीएको मुसहर समुदायमा धुर्मुस सुन्तली प्रवेश गरेपछि निकै परिर्वतन भएको थियो ।

उनीहरुकै कारण बस्तीका १ सय भन्दा बढी बालबालिका नियमित विद्यालय जान सुरु गरेका थिए । त्यहि परिर्वतनबाट प्रभावित भएर धुर्मुस सुन्तलीले मुसहर नमूना एकिकृत बस्ती निर्माण गरेका थिए ।

बस्ती हस्तान्तरण गरिसक्दा मुसहरहरुप्रतिको माया अझै बढेर गएकाले जन्मदिन मनाउन धुर्मुसलाई लिएर बर्दिबास पुगेको कुञ्जना घिमिरेले बताएकी छिन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments