काठमाडौ । नायिका निशा अधिकारी र क्रिकेटर शरद भेषवाकरबीच विवाह सम्पन्न भएको छ ।

लामो समयदेखी लभ अफेयर्समा रहेका नायिका निशा र क्रिकेटर शरदबीच शुक्रवार लगनगाँठो कसिएको हो ।

उनीहरुले हिन्दुपरम्परा अनुसार विवाह गरेका हुन्। विवाह समारोहमा सीमित चलचित्रकर्मी,खेल क्षेत्रका व्यक्तित्वहरुको साथम आफन्तहरु उपस्थित थिए । विवाहको रिसेप्सन पार्टी पनि आजै दरबारमार्गस्थित एक होटलमा हुँदैछ ।

गत बुधवार मेहन्दी कार्यक्रमको आयोजना गरिएको थियो । निशाको मेहन्दी कार्यक्रममा नायिका रिमा विश्वकर्मा , बेनिशा हमाल पुर्व मिस नेपाल माल्भिका सुब्बाका साथै दुल्हा शरद भेषवकार पनि सहभागि थिए।

Comments

comments