सिन्धुपाल्चोक जिल्लाको अधिकांश खानेपानी मुहान तथा धारामा मानव मलमूत्रमा पाइने कोलिफमका जीवाणु भेटिएको छ ।

जिल्लाको २८ गाविसमा प्रयोग हुँदै आएको २२७ खानेपानी मुहान तथा धारामा टुकी सङ्घ सुनकोसीको सुआहारा कार्यक्रमका प्राविधिक टोलीले पानीको शुद्धताको परीक्षण गर्दा १ सय ११ स्थानमा कोलिफमका जीवाणु भेटिएको हो । परीक्षण गरिएकामध्ये सदरमुकाम चौताराका बासिन्दाले पिउँदै आएको  खानेपानीको मुहान र धारामा समेत कोलिफमका जीवाणु भेटिएको सुआहाराकी सरसफाइ अधिकृत विनिता अधिकारीले जानकारी दिनुभयो ।

Please follow and like us:

Comments