मेलबर्न । चीनले अष्ट्रेलियामाथि गुप्तचारीको आरोप लगाएको छ । चीनको राष्ट्रिय सुरक्षा विभागले अमेरिकाको इशारामा अष्ट्रेलियाले चीनविरुद्ध गुप्तचारी गरिरहेको दाबी गरेको हो ।

ग्लोबल टाइम्स पत्रिकाका अनुसार अष्ट्रेलिया सरकारले अष्ट्रेलियामा रहेका आफ्ना नागरिकहरुमाथि अनावश्यक गुप्तचारी गरेको भन्दै चीनले आपत्ति जनाएको छ । अष्ट्रेलियास्थित आफ्नो दूतावास कार्यालयमा समेत अष्ट्रेलिया सरकारले गुप्तचारी गरिरहेको पाइएको चीनको दाबी छ ।
चीनको राष्ट्रिय सुरक्षा विभागका एक कर्मचारी भन्छन्–विभिन्न भेषमा अष्ट्रेलियाको गुप्तचार एजेन्टहरुले अष्ट्रेलियामा रहेका चीनियाँ नागरिक र दूतावासबारे गोप्य सूचना संकलन गरिरहेको पाइएको छ ।

अष्ट्रेलियाको यस्तो रवैयाले दुई देशबीचको सम्बन्धमै प्रश्नचिन्ह उब्जन्छ । चीनको यस्तो आरोपप्रति अष्ट्रेलिया सरकारको भने कुनै प्रतिक्रिया आइसकेको छैन ।

source :sbs.com.au

Comments