नवलपरासी । स्थानीय तह दोस्रो चरणको निर्वाचन सम्पन्न भएसँगै कतिपय ठाउँमा मतगणना परिणाम सार्वजनिक हुन थालिसकेको छ ।

नवलपरासीको प्रतापपुर नगरपालिकाको वडा नम्बर १ मा मत गणना सम्पन्न भइसकेको छ । सम्पन्न मत गणनाको परिणाम अनुसार प्रतापपुर –१ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ ।

अध्यक्षमा ४ सय ७८ मत र उपाध्यक्षमा ४ सय ४९ मतसहित कांग्रेस विजयी भएको हो । निकटतम प्रतिद्वन्द्धी फोरम लोकतान्त्रिकका तर्फबाट अध्यक्ष र उपाध्यक्षका उम्मेदवारहरुले ४ सय ३६ र ३ सय ५२ मत प्राप्त गरेका थिए ।

Comments