काठमाडौं । दोस्रो चरणको निर्वाचन अन्तर्गत प्रदेश नम्बर १, ५ र ७ का ३३४ स्थानीय तहमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ ।

विहान ७ बजेबाट सुरु भएको मतदान साँझ पाँच वजे सम्पन्न भएको हो । सबै केन्द्रमा औसतमा ७० प्रतिशत मत खसेको निर्वाचन आयोगको अनुमान छ ।

यो चुनावबाट प्रदेश नम्बर १, ५ र ७ का ३३४ स्थानीय तहका १५ हजार ३८ प्रतिनिधिहरु निर्वाचित हुनेछन् । यसमध्ये ४१ जनप्रतिनिधि भने निर्विरोध निर्वाचित भइसकेका छन् ।

Comments

comments