झापा । झापामा मतदानका लागि लाइनमा बसेका एक जना मतदाताको मृत्यु भएको छ ।

दमक नगरपालिका–१४ का ८१ वर्षीय नरेन्द्र भण्डारीको मतदानका लागि लाइनमै बसेका बेला मृत्यु भएको हो ।

उनी सरस्वती मावि मतदान केन्द्रबाट मतदानका लागि लाइनमा बसेका थिए । जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख एसपी शैलेश थापा क्षेत्रीका अनुसार भण्डारी बिरामी थिए ।

Comments

comments