आज भाद्र शुक्लपञ्चमी अर्थात हरितालिका तीजको अन्तिम दिन ।

हिन्दु नेपाली महिलाहरुले नुहाइ–धुवाइ गरेर चोखो वस्त्र लगाइ पूजापाठ गरी तीज व्रत सकाउँदैछन । यस पर्वका दिन व्रतालु महिलाहरु बिहान नजिकैको नदी, तलाउ, धारा, पोखरी, आदि जलाशयमा गएर वर्ष दिनको प्रतीकका रुपमा ३ सय ६५ ओटा दतिवनले दाँत माझी, माटो तिल र अमलाको पिनाले स्नान गरी चोखो वस्त्र धारण गरेर मध्याह्नपख अरुन्धतीसहित सप्तऋषिको पूजा गर्दछन् ।

अरुणन्धतीसहित सप्तऋषि कस्यप, अत्री, भारद्वाज, वशिष्ठ, जमदग्नी, गौतम र विश्वामित्रको पूजा आराधना गरी तीज व्रत समापन गर्ने प्रचलन छ । रजस्वला भइसकेका नारीहरुले भविष्य पुराणका अनुसार ब्रह्म हत्याको पापमुक्ति तथा रजस्वला भएका अवस्थामा जानीरनजानी भए गरेका पापजन्य कार्यबाट मुक्ति मिलोस भन्नाका लागि सप्तऋषिको पूजा गर्ने प्रचलन रहेको हो ।

Please follow and like us:

Comments