काठमाडौं । अहिले सामाजिक संजाल फेसबुकमा लाइभ भिडियोको कारण विवादमा तानिएकी महिला हुन्, सिमा सुवेदी श्रेष्ठ । उनको स्थाथी घर रजन्मथलो भारतको आसाम हो । सुवेदी थरका उनी नेपालीमूलकी भए पनि हाल मुम्बईमा बस्छिन् ।

दार्जिलिङमा भएको गोरखाल्याण्ड आन्दोलनको सवालमा लाइभ भिडियोमा दिएको तर्कको कारण उनी विवादमा मुछिएकी हुन् ।

सिमाले २०१५ मा मिसेस एसिया इन्डिया इन्टरनेशलकी ताज जितेकी थिइन् । यो ताजसंगै उनले मिसेस फोटोजेनिक र मिसेस फिटनेस दिवा टाइताल पनि जितेकी थिईन् । यस प्रतिस्पर्धा २२ मे २०१६ मा चेन्नई स्थत हिल्टन होटलमा आयोजन भएको थियो ।

उनले २०१६ को जुन ६ देखि ११ सम्म कोलाल्म्पुर मलेशियामा आयोजित मिसेस एसिया इन्टरनेशनल ब्युटी पेजेन्टमा समेत ताज जितेकी थिईन् ।

अहिले दिनहु विभिन्न विवादित तर्कहरुले गर्दा उनी सामाजिक संजालमा विवादमा तानिएकी छिन् । नेपालीहरुलाई तुच्छ शव्दले अपमान हुने गरी बोलेकोमा संसारभरिका नेपालीहरुले उनको चर्को आलोचना गरिरहेका छन् ।

Comments

comments