काठमाडौं । बालबालिका, वृद्धवृद्धा, मिर्गौला, निमोनियालगायत दीर्घ रोगबाट ग्रसित बिरामीका लागि खतरनाक मानिएको रुघाखोकी (एचवानएनवान फ्लु भाइरस) काठमाडौंमा फैलिन थालेको छ ।

कुलेश्वरकी एक महिलालाई उक्त समस्या पुष्टि भएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरी चिकित्सकले उपचार सुरु गरेका छन् । उनीहरूले अरूलाई पनि सचेत हुनसमेत आग्रह गरेका छन् ।

ती महिलाको खकार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा उक्त भाइरस देखिएको उपचारमा संलग्न अस्पतालका कन्सल्टेन्ट ट्रपिकल मेडिसिन फिजिसियन डा अनुप बास्तोलाले जानकारी दिनुभयो । ‘रुघाखोकी लागेको, घाँटी दुखेको र हल्का ज्वरो आइरहेका बेला उहाँ अस्पताल आउनुभएको थियो । लक्षणहरू शंकास्पद भएकाले खकार परीक्षण गर्दा एचवानएनवान फ्लुको संक्रमण देखिएको हो,ु डा। बास्तोलाले भन्नुभयो, ‘उहाँलाई निगरानीमा राखेर उपचार सुरु गरेका छौं र अन्य मानिस पनि यसबाट सचेत हुनुपर्छ तर आत्तिनुपर्दैन भनेका छौं ।

डा बास्तोलाले यो रुघाखोकी अन्य रुघाखोकी जस्तै सामान्य भए पनि बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा र दीर्घरोगीका लागि भने जोखिमपूर्ण भएकाले सचेतना फैलाउन आवश्यक रहेको बताउनुभयो । विशेषगरी प्रभावित व्यक्तिको सम्पर्कमा आउँदा हावाको माध्यमबाट सर्ने यो रुघाखोकीले फोक्सोको ‘टिस्युु मा असर गरी अपर्झट श्वासप्रश्वासमा बाधा पुर्‍याउन सक्छ । यसलाई चिकित्सकहरू ‘एक्युट रेस्सपिराटरी डिस्ट्रेस सिन्ड्रोमु भन्ने गर्छन्।

Comments

comments