काठमाडौं । साझा यातायातले ज्येष्ठ नागरिक र अपाङ्गलाई निशुल्क सेवा दिने भएको छ । अब ज्येष्ठ नागरिकका साथै , क र ख बर्गका अपाङ्ले साझाका जुनसुकै बस भाडा तिर्नुपर्ने छैन ।

महानगरपालिका र साझा यातायातबीच मंगलवार भएको पुरक सम्झौतामा ७० वर्ष पुगेका जेष्ठ नागरिकलाई परिचयपत्रका आधारमा निःशुल्क सेवा दिने उल्लेख छ ।

अहिले साझा यातायातका बसहरु उपत्यका बाहिर पनि जाने गरेका छन् । उपत्यकासहित उपत्यकाबाहिर पनि साझाले ज्येष्ठ नागरिक र अपाङ्गलाई निशुल्क सेवा दिनेछ ।

साथै अब साझाका सबै गाडीमा स्मार्ट कार्डबाटै भाडा तिर्न सकिने व्यवस्था मिलाइएको छ । अहिले १० वटा गाडीमा यो सेवा उपलब्ध भएपनि अब भने सबै गाडीमा स्मार्ट कार्डबाटै भाडा तिर्ने व्यवस्था मिलाउन लागेको साझा यातायातले जनाएको छ ।

महानगरपालिकाले मंगलबार साझा यातायातलाई ५ करोड रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।

साझा यातायातले ल्याउने १२ वटा डिलक्स बस र एउटा सेमी लो फ्लोरबसका लागि महानगरले यो रकम दिएको हो ।

यो रकम महानगरपालिकाले सेयरका रुपमा लगानी गरेको हो ।

Comments