काठमाडौं । गत वर्ष निर्माता सन्तोष सेनको’प्रेम गीत’बाट डेब्यु गरेका नायक प्रदीप खड्का एउटै चलचित्रबाट लाइमलाइटमा छाउन सफल भए ।

पूजा शर्मा र प्रदीपको प्रेम गीत जोडीलाई दर्शकहरुले निकै रुचाएका थिए । उनै निर्माता सन्तोष सेनको सिक्वेल चलचित्र’प्रेम गीत २’ मा पनि प्रदीप प्रेमकै भूमिकामा छन् । तर यसपटक गीत भने फेरिएकी छिन् । पूजाको ठाउँमा नयाँ अभिनेत्री अश्लेषा ठकुरी छिन् । त्यसैले पूजा शर्मालाई कहिले काहि मिस गर्ने गरेको बताउँछन् प्रदीप ।

तर पर्दामा अश्लेषासँगको आफ्नो जोडी पनि निकै फिट देखिएको उनी बताउँछन् । त्यसैले प्रेम गीत २ लाई दर्शकले मनपराउनेमा आफू आशावादी रहेको प्रदीपको भनाइ छ ।

 

Comments

comments