काठमाडौं । जर्मनी फिफा कनफेडेरेशन कप फुटबलको सेमिफाइनलमा पुगेको छ । आइतबार राति भएको समूह ‘बी’ को अन्तिम खेलमा क्यामरुनलाई ३–१ ले हराउंदै जर्मनीले समूह विजेताको रुपमा अन्तिम चारमा प्रवेश गरेको हो ।

जर्मनीको जितमा टिमो वेर्नेरले दुई तथा केरेम डेमिरबेले एक गोल गरे । क्यामरुनका लागि विन्सेन्ट अबुबाकरले एक गोल फर्काए ।

जितपछि तीन खेलबाट सात अंक जोडेको जर्मनी समूह विजेता बन्दै सेमिफाइनलमा पुग्न सफल भयो । तीन खेलबाट एक अंक मात्रै जोडेको क्यामरुन भने प्रतियोगिताबाट बाहिरिएको छ ।

जर्मनीले फाइनल प्रवेशका लागि समूह ‘ए’ को उपविजेताको रुपमा अन्तिम चारमा आएको मेक्सिकोसँग प्रतिस्पर्धा गर्ने छ । यी दुवै बिचको खेल बिहीबार सोचीमा हुनेछ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments