श्रीनगर । भारत प्रशासित काश्मिरको पर्यटकीय सहर गुलमार्गमा आइतबार एक केबुलकार दुर्घटनाग्रस्त हुँदा सातजनाको मृत्यु भएको प्रहरीले बताएको छ ।

केबुलकार चलिरहेको अवस्थामा रुखमा ठोक्किएपछि घिर्नी लठ्ठाबाट खुस्किर करिब ३० मिटर तल भूइँमा खसेको प्रहरी अधिकारी इम्तियाज हुसैनले बताउनुभयो । कारभित्र रहेका सातजनाको मृत्यु भएको र दुर्इजना घाइते भएको हुसैनले बताउनुभयो । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

दुर्घटनामा नयाँ दिल्लीबाट भ्रमणमा आएका एक जोडी र उनीहरुका दुई बच्चा परेको थाहा भएको हुसैनले बताउनुभयो ।

केबुलकारमा सवार यात्रुहरु पिरपान्जल हिमालयन शृङ्खलातर्फ जाँदै गर्दा भएको बताइएको छ । गुलमार्ग स्कीका लागि उच्च भूभागमा रहेको प्रसिद्ध भारतीय गन्तव्यस्थल हो । एपी

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments