काठमाडौं। सफल चलचित्र सायदको सिक्वेलमा बनेको चलचित्र सायद २ को दोश्रो ट्रेलर सार्वजनिक भएको छ ।

दुर्गिश फिल्म्सको प्रस्तुति तथा पुष्पराज टि न्यौपानेको निर्देशनमा बनेको चलचित्रमा सुशिल श्रेष्ठ, स्यारोन श्रेष्ठ,अमृत ढुङ्गाना, कुशल पाण्डे, सुनिल रावल,सुशिल सिटौला, निशा कार्की, रुबिना श्रेष्ठ र बुद्धिलाल मगरको मुख्य अभिनय रहेको छ । चलचित्र असार ३० गते बाट प्रदर्शनमा आउने छ ।

सुनिल रावल, इश्वर श्रेष्ठ र सुभाष लामिछानेले संयुक्त रुपमा यो चलचित्रको निर्माण गरेका हुन् । यस चलचित्रमा राजु विक्रम थापाको छायांकन, दिर्घ खड्काको सम्पादन, अष्ट महर्जनको द्धन्द्ध निर्देशन रहेको छ ।

Comments

comments