बेइजिङ । चीनले विश्वकै सबैभन्दा शक्तिशाली पनडुब्बी डिटेक्टर बनाएको दाबी गरेको छ। चीनका वैज्ञानिकहरूका अनुसार यस चुम्बकीय डिटेक्टरको सहयोगले दुर्घटनामा परी समुद्रमा लुकेर रहेका जहाज, पनडुब्बी र खनिज पदार्थ पत्ता लगाउन सकिनेछ ।

साउथ चाइना मर्निङ पोस्टको समाचार अनुसार चीनको संघाईमा ‘सुपर कन्डक्टिभ म्याग्नेटिक एनोमली डिटेक्सन एरे’ को निर्माण गरेका हुन् ।

चीनका विशेषज्ञहरूको समूहले यसलार्इ पास गरिसकेको छ । डिटेक्टरले हावामा रहेर काम गर्ने क्षमता राख्दछ । समाचार अनुसार यसले पृथ्वीको सतहमा लुकेर रहेको खनिज पदार्थलार्इ छोटो समयमा पत्ता लगाउन पनि सक्षम रहेको बताइएको छ ।

यसको प्रयोग नागरिक एवम् सैन्य विमानमा पनि गर्न सकिनेछ। युनिभर्सिटी अफ जियोसाइन्सका प्रोफेसर ली चोङ्गले भनेका छन्, ‘यो परम्परागत डिटेक्टर भन्दा अलग रहेको छ । तर, सैन्य दृष्टिबाट महत्वपूर्ण यस डिटेक्टरको जानकारी सार्वजनिक गरेकोमा म हैरान र चिन्तित भएको छु ।’

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments