मेलबर्न । अष्ट्रेलियाको जीवनशैली अत्यन्त महँगो छ । त्यसैले यहाँ सपरिवार बस्नेहरुकोलागि दैनिक जीवनको खर्च धेरै हुन्छ । यस्तो अवस्थामा अष्ट्रेलिया सरकारले ल्याएको विभिन्न योजनाको फाईदा लिएर आफ्नो पारिवारिक खर्चलाई कम गर्न सकिन्छ ।

त्यस्ता सरकारी योजनामध्ये एक हो, ’फेमिली ट्याक्स बेनिफिट’ । यस अन्तर्गत परिवारले १५ दिनमा ट्याक्स बेनिफिट सेवा सुविधा लिन सक्छन् । तर त्यसको लागि परिवारको आयस्रोत, सदस्य संख्या र खर्चको अनुपातको लेखाजोखा गरिन्छ । आएको नतिजा अनुसार नै ट्याक्स बेनिफिट सेवा उपलब्ध हुन्छ । यसको लागि आफ्नो जन्मदर्तादेखिका सबै प्रमाणपत्रहरु पेश गर्नुपर्छ जसमा आवश्यक प्रक्रिया पूरा गर्नको लागि स्वयंसेवकले सहयोग गर्छन् । अब आगामी जुलाई १ तारिखदेखि परिवारले सिंगल इन्चोमे फमिली सप्लिमेन्टस् पाउनेछन् । यो तीन सय डलर सम्मको हुने बताइएकोछ ।

तर छ हप्ता भन्दा बढी अष्ट्रेलिया बस्ने परिवार र उच्च आयस्रोत भएको परिवारलाई यो सुविधा उपलब्ध हुनेछैन । यो सेवा सुविधा सम्बन्धि विस्तृत जानकारी ह्युमन सर्भिस डिपार्टमेन्टको वेबसाइटबाट लिन सकिन्छ ।

Image Source : sbs.com.au

Comments

comments