काठमाडौं । पोर्चुगल फिफा कनफेडेरेशन कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको समूह चरणको आफ्नो अन्तिम खेलमा जित निकाल्दै पोर्चुगलले अन्तिम चारमा स्थानमा पक्का गरेको हो ।

पोर्चुगलले न्युजिल्याण्डलाई ४–० ले हरायो । पोर्चुगलको जितमा कप्तान क्रिष्टियानो रोनाल्डो, बर्नाडो सिल्भा, आन्ड्रे सिल्भा र नानीले गोल गरे ।

जितपछि पोर्चुगलले समूह ‘ए’ को विजेताको रुपमा अन्तिम चारमा स्थान बनाएको हो । उसले समूह चरणका तीन खेलमा दुईमा जित र एकमा बराबरी गर्दै सात अंक जोड्यो । प्रतियोगितामा तीनै खेल गुमाएको न्युजिल्याण्ड अंकको खाता नै नखोली घर फर्कियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments