राजविराज । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका नेताले निर्वाचनमा भाग लिन चाहे पनि सरकारले नदिएको बताउनु भएको छ । मलेठमा शनिबार आयोजित ऊर्जासभा नाम दिइएको पार्टी प्रवेश कार्यक्रम राजपाका पाँच अध्यक्षले सरकारमाथि सो आरोप लगाएका हुन् ।

अध्यक्ष राजेन्द्र महतोले सरकारले ढोका लगाएर भित्र बोलाएको बताउँदै मृत्युपत्रमा हस्ताक्षर गर्न बोलाएकाले निर्वाचनमा भाग नलिएको बताउनुभयो ।

‘हामीलाई उपेन्द्र यादव र विजय गच्छदार जस्तै मुर्ख र धोकेबाज होइनौ’ नेता महतोले भन्नुभयो, ‘स्थानीय, प्रदेश र सांसदको चुनाव गरेर संविधान सदर गर्ने षडयन्त्र सफल हुन दिदैनौँ ।’

कांग्रेस, एमाले र माओवादीमा रहेका मधेसी सांसदहरु दोहोरो चरित्रका भएको भन्दै उहाँले मधेसको छोरा भनेर मत माग्ने सांसदले रातारात बुवा परिवर्तन गरेर मधेसी जनताको हितविपरित संविधान जारी गरेको आरोप पनि लगाउनुभयो ।
अर्का अध्यक्ष शरतसिंह भण्डारीले निर्वाचनमा भाग लिन चाहेपनि सरकारले षड्यन्त्र गरेर चुनावमा भाग लिनबाट राजपालाई बञ्चित गरेको गुनासो गर्नुभयो । देशको एउटा पक्ष र अंग राजपालाई मूलधारमा नल्याई देशमा स्थायी शान्ति नहुने उहाँले चेतावनी दिनुभयो ।

अर्का अध्यक्ष महेन्द्र राय यादवले राजतन्त्र र हिन्दू राष्ट्र फर्काउन तथा संघीयता समाप्त गर्न खोज्ने राप्रपा मधेसको सबैभन्दा ठूलो सत्रु भएको घोषणा गर्नुभयो । उहाँले राजमार्गमा बस्ने पहाडी समुदायलाई राजपाको आन्दोलनमा सघाउन आग्रह गर्दै जनसंख्याको आधारमा मधेसमा बस्ने पहाडीको पनि अधिकार सुनिश्चित गरिने ग्यारेण्टी गर्नुभयो। ठूला दलहरु भन्दा सो दलबाट उठन चाहने मधेसीका कारण मधेसको मुद्दा कमजोर भएको उहाँले बताउनुभयो ।

यसैगरी राजपाका अध्यक्ष मण्डलका अध्यक्ष अनिल झाले प्रदेश नम्बर दुईमा चुनाव गराउने प्रयासको कडा प्रतिकार गर्न आह्वान गर्नुभयो। मधेसको मुद्दा प्रमुख भएकोले केही नेता, कार्यकर्ता स्वतन्त्र भएर तथा अन्य पार्टीमा गएर चुनाव लड्दैमा नअत्तालिन कार्यकर्तालाई आग्रह गर्नुभयो।

अर्का अध्यक्ष राजकिशोर यादवले जबरजस्ती चुनाव गराइएकै दिनदेखि नेपाली सत्ताको पतनको दिन सुरु भई मधेस सत्ताको आरम्भ हुने उद्घोष गर्नुभयो। मधेसले बनाएको नेता उपेन्द्र यादवले मधेसको मुद्दा छाडेकोले मोर्चाले नेतृत्व परिवर्तन गरेको र जनताले समेत धुलो चटाउने विश्वास व्यक्त गर्नुभयो।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments