बाजुरा । छेदेदह गाउँपालिका–१ का राजेन्द्रबहादुर सिंहले आफ्नो भैसीको गोठ छोएको भन्दै सोही ठाउँका प्रेमबहादुर विकलाई दुई हजार जरिवाना गराएका छन् ।

सुक्रबार दिउँसो विकसहतिको समूह चुनाव प्रचारका क्रममा सिंहको गोठ छेउको बाटो गएका थिए । त्यसपछि सिंहले गालीगलौज गरेर दुई हजार जरिवाना तिराएको स्थानीय अगुवा वीरबहादुर रावलले बताए ।

दलितले गोठ छोएकाले ‘देउता बिग्रने’ भन्दै पुजा गरेर देउता सपार्न जरिवाना राख्नुपर्ने धम्की सिंहले दिएपछि विकका तर्फबाट रावलले दुई हजार नगद दिएका थिए । ‘प्रेमबहादुरलाई अप्ठ्यारो परेपछि उनका तर्फबाट मैले तिरिदिएको हुँ’ रावलले भने, उनीसँग पैसा थिएन ।’ जरिवाना तिरिसकेपछि विकले आफू अन्याएमा परेको भन्दै दलित विकास मञ्चमा न्यायका लागि पहल गरिदिन निवेदन दिएका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments